नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एक विद्यार्थी पक्राउ परेका छन्। चितवन मेडिकल कलेजमा एमबिबिएस पढ्दै गरेका विद्यार्थी पक्राउ परेका हुन् । 

सप्तरीको राजविराज घर भई  हाल चितवन मेडिकल कलेजमा पढ्ने  विद्यार्थीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले चितवनबाट पक्राउ गरेको हो। 

उनी चितवन मेडिकल कलेजमा एमबिबिएसको अन्तिम सेमेष्टरमा अध्ययन गर्दै गरेको तर  आइएससी पास भएको प्रमाणपत्र नक्कली बनाएको आरोपमा पक्राउ गरिएको हो। 

उनले एमबीबीएस अध्ययनका लागि काठमाडौंको जेभियर इन्टरनेशनल सेकेन्डरी स्कुलबाट आइएस्सी पास भएको प्रमाणपत्र पेस गरेका थिए। 

यसअघि सिआइबीले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा डाक्टर बनेकाहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइरहेको छ।