नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले ब्रेक शु भित्रको सुन निकालेको छ। केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले महाशाखालाई पत्र लेखेसँगै सोमबार दिउँसो सुन जोख्न ब्रेक शुबाट सुन निकालिएको हो। राजस्व अनुसन्धान विभागले साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको सुन रहेको ब्रेक शु बरामद गरेको थियो। उक्त सुन जोख्नको लागि विभागले महाशाखामा साउन ४ गते पठाएको थियो।