त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शुभित्रको सुन जोख्ने तयारी गरेको छ।  केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले महाशाखालाई पत्र लेखेपछि नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले आज  सुन जोख्ने तयारी गरेको हो।

सुन जोख्नको लागि केहीबरमा ब्रेक शु रहेको बट्टा खोल्न लागेको महाशाखा प्रमुख थानेश्वर आचार्यले जानकारी दिए। 

साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको सुन रहेको ब्रेक शु ‘राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। उक्त सुन जोख्नको लागि विभागले महाशाखामा साउन ४ गते पठाएको थियो।