प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले साउन २६ मा अपरेशन ‘फोक्सट्रोट चार्ली’ चलाएर पक्राउ गरेकोमा शैक्षिक प्रमाणपत्रमा कैफियत भएको नपाइएपछि एक डाक्टर छुटेका छन् ।
पक्राउ परेका पिपरा गाउँपालिका–८, महोत्तरीका रञ्जिनकुमार यादवको प्रमाण पत्रमा कैफियत नभएको पाइएपछि थुनामुक्त गरिएको हो ।सीआईबीका प्रवक्ता नवराज अधिकारीका अनुसार, नेपाल मेडिकल काउन्सिलले पठाएको प्रमाण पत्रका आधारमा उनलाई पक्राउ गरिएको थियो । ‘तर नाम जुधेका कारण अर्को प्रमाण पत्र आएको भन्ने व्यहोराको पत्र आएपछि छाडेका छौं’, उनले भने, ‘यस विषयमा विज्ञप्ति जारी गरेर जानकारी दिँदैछौं ।’
यादव छुटेसँगै प्रकरणमा अब ६ जना सीआईबी हिरासतमा छन् ।