नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सांसद सुनील शर्माबीच आज भेटवार्ता भएको छ ।सुनिल शर्मा एमाले अध्यक्ष ओलीलाई भेट्न आज विहान ९ बजे बालकोट पुग्नुभएको थियो।

उहाँहरुको भेटमा  एक घण्टा कुराकानी भएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नक्कली प्रमाणपत्रको छानबिनका लागि भन्दै बिहीबार शर्मालाई पक्राउ गरेको थियो । शुक्रबार जिल्ला अदालतले थुनामा राख्न नपर्ने आदेश दिएपछि शर्मा रिहा भएका थिए । रिहा भएपछि शर्माले आफ्नो  एमाले अध्यक्ष ओलीको खुलेर प्रशंसा गरेका थिए । शनिबार एक अन्तर्वार्तामा उनले आफूले आइतबार ओलीसँग भेट्ने तय भएको पनि बताएका थिए ।

शर्माले १० साउनको प्रतिनिधिसभा बैठकमा सुन तस्करी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा। प्रकाशशरण महतले राजीनामा दिनुपर्ने धारणा राखेका थिए ।