मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरिएको छ । जनमत पार्टीलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्रीले मन्त्रिपरिषद् हेरफेर गर्न लागेका हुन् । जनमतले पार्टीबाट सांसद अनिता देवी साहलाई मन्त्रीका लागि यसअघि नै सिफारिस गरिसकेको छ । प्रधानमन्त्री प्रचण्डले अनितालाई आज मन्त्रीमा नियुक्त गर्ने तयारी गर्नुभएको छ । मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ । जनमतलाई सहकारमा सहभागी बनाउन वर्तमान मन्त्रिपरिषद्का सदस्यलाई हटाउनु पर्नेछ ।
माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाएर जनमतकी अनिता देवीलाई मन्त्री नियुक्त गर्ने प्रधान्मन्त्रीले गर्नुभएको छ ।