जनता समाजवादी पार्टीकि एक्लि सांसद निर्मला लिम्बू स्वास्थ्य मन्त्रीमा नियुक्त भएकी छिन् । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज जनता समाजवादी पार्टी नेपालकी निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका हुन् । मन्त्री लिम्बूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । यसअघि एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा समेत सोही मन्त्रालयको जिम्मेवारीमा थिईन् ।
प्रदेश नम्बर एकले कोशी नाम पाएसँगै असन्तुष्ट बनेर लिम्बूले पदबाट राजीनामा दिएकी थिईन् । जसपाले पहिचान पक्षधरको माग सम्बोधन नभएसम्म सरकारमा नजाने अडान राखेको थियो । तर मुख्यमन्त्री थापाले पहिचानको आन्दोलनलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै जसपा सरकारमा जान तयार भएको हो ।
यसअघि मुख्यमन्त्री थापाले कांग्रेसबाट प्रदीप सुनुवार, माओवादी केन्द्रबाट बाबुराम गौतम र नेकपा एसबाट कमलप्रसाद जवेगुलाई मन्त्री नियुक्त गरेका थिए ।