सुनसरीको धरानबाट झापाको काँकडभिट्टाका लागि छुटेको मे १ ख २७४० नम्बरको बस  दुर्घटनामा परेको छ । तीव्र गतिका कारण दुर्घटना भएको   बस सडकको डिभाइडरमा ठोक्किएर पल्टिएको थियो । 

दुर्घटनामा १४ जना यात्रु घाइते भएको र घाइतेमध्ये ३ जनाको टाउकोमा चोट लागेकाको अवस्था गम्भीर रहेको र अन्य ११ जना भने सामान्य घाइते भएका छन् । घाइतेहरूको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

तीव्र गति र वर्षाका कारण दुर्घटना भएको हुनसक्ने   ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बसका चालकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ भने दुर्घटनाको विषयमा थप अनुसन्धान भईरहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।