सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच पाँचबुँदे सहमति भएको छ । यससँगै संघर्ष समितिले साउन १३ गतेदेखि धर्ना दिनुका साथै प्रदर्शन गर्दै आएकोमा आजबाट सम्पुर्ण आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।
आज गृह मन्त्रालयमा भएको वार्तामा घटनाको छानबिन गरेर दोषीलाई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने, घटनामा मृत्यु भएकाहरुको स्मृतिमा शहीद स्मारक स्तभ बनाउने, घाइतेहरुको उपचार र आर्थिक सहायताका लागि अनुरोध गर्ने सहमति भएको छ । २०६३ चैत ७ गते २८ जनाको मृत्यु हुने गरी रौतहटको गौरमा भएको घटनामा संलग्नहरुलाई कारबाही गर्न माग गर्दै संघर्ष समितिले चरणबद्ध आन्दोलन थालेको थियो ।




















