नेपालमा ७ हजार ७ सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । स्वास्थ्य सेवाविभाग इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।रुद्र मरासीनीकाअनुसार  हालसम्म ७ हजार ७ सय ३३ जना संक्रमित भएका छन् । सबै भन्दा बढी केस सुनसरीमा छ।

सोमबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै डा।मरासीनीले सबैभन्दा धेरै  ‘सुनसरीको  धरान उपमहानगरपालिका संक्रमित छन् । जुलाईमा धेरै केस देखिन्छ । यस्तै सात जनाको मृत्यु भएको बताउनुभयो

उनले ७१ जिल्लामा डेंगु संक्रमण देखिएको बताउनुभयो । डा।मरासीनिले सबै जिल्लामा डेंगु सार्ने लामखुट्टे रहेको र जतिबेला पनि डेंगु सर्न सक्ने बताउनुभयो । हालसम्म ७ जनाको मृत्यु भइसकेको छ । 

उहाँले भन्नुभयो,  ‘ अहिले देशैभर डेंगु संक्रमण देखिएको छ । डेंगु सार्ने लामखुट्टे सबै जिल्लामा छ र यसले जतिबेला पनि डेंगु सर्न सक्छ। त्यसकारण सतर्क रहौं र लामखुट्टेको लार्भा नष्ट अभियानमाजुटौं ।’

स्वास्थ्य सेवा विभाग स्वास्थ्य मन्त्रालयका सचिव डा।रोशन पोखरेलले डेंगु संक्रमितको उपचार नेपाल सरकारका सबै अस्पतालमा निस् शुल्क हुने गरेको बताउनुभयो ।