सरकारले पप्पु कन्स्ट्रक्सनसहित दुई दर्जन निर्माण तथा आपूर्तिकर्ता व्यवसायीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सूची सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

 विभिन्न सार्वजनिक निकायबाट लेखेर आएअनुसार उनीहरुलाई कालोसूचीमा राखिएको हो  । कालोसूचीमा परेका ठेकेदार कम्पनीहरुलाई एक देखि डेढ वर्षसम्म कुनै पनि निर्माण तथा ठेक्कामा सहभागी हुन रोक लगाइएको छ ।पूर्वाधार विकास कार्यालयको सिफारिसमा नतासा निर्माण सेवा भरतपुरलाई एक वर्ष कालोसूचीमा राखिएको छ भने सडक डिभिजन हर्कपुर ओखलढुंगाको सिफारिसमा पप्पुरकोशी एण्ड न्यौपानेलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ । । धेरैजसो सडक डिभिजन भरतपुरबाट आएको सिफारिसका आधारमा ठेकेदार व्यवसायी कालोसूचीमा परेको कार्यालयको सूचीमा उल्लेख छ ।