काठमाडौँ जिल्ला अदालतले ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि नेपाली काँग्रेसका नेता तथा पूर्व भौतिक योजना मन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्री र एक जना राज्यमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । काँग्रेस नेता गच्छदार चार जना पूर्वमन्त्रीको नाममा पक्राउ पुर्जी जारी भएको जानकारी दिनुभयो ।अदालतले तत्कालीन भौतिक योजना मन्त्री गच्छदार, सोही मन्त्रालयका राज्यमन्त्री सञ्जय साह टकला र भूमिसुधार मन्त्रीहरू चन्द्रदेव जोशी र डम्बरबहादुर श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।