विराटनगर, ५ साउन । 

  विराटनगर महानगरपालिकामा सामानको अत्यधिक मुल्यवृद्धि गरेको र्सवसाधारणको गुनासो आएपछि  महानगरपालिकाले बजार अनुगमन शुरु गरेको छ । 

 विराटनगर महानगरपालिकाको पहलमा भारतिय सिमावर्ती जोगबनी नाकामा कर्डाई गरिएपछि यताको बजारमा सामान खरिद गर्न गएका ग्राहकहरुले मुल्य वृद्धि भएको गुनासो गरेका थिए । तर सर्व साधारणले भने जोगवनी भन्दा मुल्यमा बढी भए पनि विराटनगर स्थित भाटभोटेनीमा सामानको मुल्य ठिकै रहेको बताएका छन् ।

सिमानाकामा कर्डाई गरिएपछि विराटनगरका व्यापारीहरुले अत्यधिक मुल्य वृद्धि गरिएको भन्ने गुनासो अनुसार मुल्यवृद्धि नभएको पाइएको विराटनगर महानगरपालिकाले जनाएको छ । 

विराटनगर महानगरपालिका नेतृत्वको अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, वाणिज्य कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता र संचारकर्मीहरुको सहभागिता रहेको थियो । अनुगमन टोलीले भाटभटेनी र सेन्ट्रल मलको अनुगमन गर्दै विगत एक साताको सामानको दर रेट निरीक्षण गरेको थियो ।

anugaman (1)anugaman (2)