विराटनगर ४ साउन ।विराटनगर महानगरपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०७९÷०८० मा ८८ प्रतिशतउजुरीको फछ्र्यौट गरेको छ । 

समितिमादर्ता भएकाकुल २३७उजुरीमध्ये २०९ वटाको फछ्र्यौट गरिएको महानगरकीउपमेयरसमेत रहनुभएकीन्यायिक समितिकी संयोजकशिल्पा  निरालाकार्कीले जानकारी दिनुभयो । जुनप्रतिशतको हिसाबले ८८ दशमलव १९ प्रतिशतहो । कार्कीका अनुसार सबैभन्दा बढी वडा नम्बर १२ बाट २१ र १८ नम्बरबाट ३ वटा उजुरी दर्ता भएको छ । 

साँधसिमानासम्बन्धी ५५, महिलातथा घरेलु हिंसासम्बन्धी २९, श्रीमान–श्रीमतीविवादसम्बन्धी २९ उजुरी परेको छ । त्यस्तै खानलगाउननदिएको, कुटपिट, दाइजो, लेनदेनसम्बन्धीपनिउजुरी पर्ने गरेको कार्कीले बताउनुभयो । गतआर्थिक वर्षमा दर्ता भएकाउजुरीमध्ये २८ वटा मात्रै फछ्र्यौट हुनबाँकी छ । दर्ता भएकामध्ये समितिले ३९ वटा जिल्लाअदालत मोरङमा पठाएको छ । त्यस्तै ४४ वटा मिलापत्रभएको छ । “६ वर्षयताकै सबैभन्दा धेरै उजुरीको निर्णय हामीले गरेका छौं,” उपमेयर कार्कीले भन्नुभयो, “मिलेसम्म मिलापत्र गराउँछौं हामीले धेरै प्रयास गर्दा पनिनमिले अदालत पठाउँछौं ।”

अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा २१० वटा उजुरी दर्ता भएकोमा १७५ वटा उजुरीको निर्णय भएको उपमेयर कार्कीले जानकारी दिनुभयो ।