विराटनगर, २ साउन । आर्थिक वर्ष ०७९ र ०८० मा पनि लक्ष्य अनुसारको भंसार राजस्व संकलन गर्न नसकेको विराटनगर भंसार कार्यालयले जनाएको छ । विराटनगर भंसार कार्यालयलाई आर्थिक वर्ष०७९र८० का लागि ६० अर्व ३ करोड लक्ष्य दिइएकोमा ३३ अर्व १० करोड रुपैया मात्र भंसार राजस्व संकलन गरेको विराटनगर भंसार कार्यालयका प्रमुख भंसार अधिकृत ज्ञानेन्द्रराज ढकालले जानकारी दिए । सो भंसार कार्यालयले आर्थिक वर्ष०७९र८० मा तोकिएको लक्ष्यको ५५ प्रतिशत मात्र भंसार राजस्व संकलन गरेको छ । प्रमुख भंसार अधिकृत ढकालले विराटनगर भंसार कार्यालय भएर हुने वैदेशिक व्यापारमा आएको संकुचन र चोरी तस्करीका कारण लक्ष्य अनुसारको भंसार राजस्व संकलन हुन नसकेको जानकारी दिए ।
आर्थिक वर्ष०७४र७५ मा लक्ष्यको १०५ प्रतिशत भंसार राजस्व संकलन गरेको विराटनगर भंसार कार्यालयले आर्थिक वर्ष०७५ र ७६ मा ९० प्रतिशत, आर्थिक वर्ष ०७६र७७ मा ५८ प्रतिशत, आर्थिक वर्ष०७७र७८ मा ८८ प्रतिशत र आर्थिक वर्ष ०७८र७९ मा लक्ष्यको ८१ प्रतिशत भंसार राजस्व संकलन गरेको थियो । आर्थिक वर्ष०७९र८० मा संकलन भएको भंसार राजस्व प्रतिशतका हिसाबले कोरोना काल भन्दा पनि कम हो । विगतका आर्थिक वर्ष०७४र७५ यताका पाँच आर्थिक वर्षदेखि विराटनगर भंसार कार्यालयले लक्ष्य अनुसारको भंसार राजस्व संकलन गर्न सकेको छैन ।