विराटनगर १ साउन ।

  साउनको पहिलो सोमबार शिवजिको आराधना साथै पूजा अर्चनाका लागि विराटनगरका विभिन्न शिवालहरुमा भक्त जनहरुको घुइचो लागेको छ ।

साउनको सोमबार भगवान शिवको पूजा अर्चना आजा गर्दा मनोकांक्षा पूरा हुने , परिवार जनमा सुख मिल्ने भएका कारण पनि विहानै देखी शिवालयमा घुइचो लागेको हो ।

विषेश गरेर साउनको सोमबारका दिन शिव को आराधना र पूजा गर्नाले रोग व्याद नलाग्ने विश्वास साथै सधै राम्रो हुने विश्वासका साथ व्रत वसेर मन्दिरमा आउने गरेको भक्तजनहरुले बताएका छन् । 

परम्परा देखिनै हिन्दुहरुले साउन भरी माछा मासु नखाने र चोखो ब्रतबस्ने चलन रहेको छ । 

sibalaye (1)