शिवसताक्षी । झापाको शिवसताक्षी १० स्थित कनकाई नदिमा एक पुरुषको शव फेला परेको छ ।
कनकाई पुलदेखि करिब ७ सय मिटर दक्षिण पानीमा घोप्टोपरेको अवस्थामा एक पुरुषको शव फेला परेको हो । कनकाई माइमा दाउरा निकाल्ने क्रममा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
अन्दाजी ७० वर्ष जस्तो देखिने दौरा लगाएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । शवलाई इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले पोष्ट माटमका लागि दमक पठाएको छ ।