केरावारी । केराबारी गाँउपालीका स्थीत २० महिलाले निःशुल्क कपडा सिलाइ बुनाई तालीम लिएका छन् ।
व्यवसायिक सिप विकास तालिम मार्फत आत्मनिर्भर बन्न मद्दत पुगेको केराबारी १० कि लक्ष्मी देवी सार्की बताउछिन् । ट्रेस नेपालको आयोजनामा बैशाख ३ गते देखी जारी उक्त असार १५ गते सम्म संचालित रहेको थियो । समृिद्ध र हेल्बटास संस्थाको प्रविधिक सहयोग र केराबारी गाँउपालिकाको समन्वयमा भएको ६५ दिन सम्म जारी तालिम व्यवसायिक सिप विकासमा प्रभावकारी बनेको उक्त तालिम प्रशिक्षक अस्मीता सुवेदी बताउछिन् । यस प्रकारको तालीमले महिलाहरुमा सिप संगै आत्मनिर्भर बन्न प्रेरणा मिलेको तालिमकी एक सहभागी केराबारी ६ बस्ने सुजना तामाङले बताईन् ।