बिराटनगर ।कोशी प्रदेश सभामा मत विभाजन हुँदा कोशी प्रदेश सरकारका मुख्य मन्त्री हिक्मतकुमार कार्की विश्वासको मत प्राप्त गर्न सकेनन् ।

आज भएको मत विभाजनमा मुख्य मन्त्री कार्कीको पक्षमा ४६ र बिपक्षमा ४३ मत परेको छ ।  १ सिट भएको जसपाकी साम्सद निर्मला लिम्बू भने दुबै पक्षमा समर्थन नगर्ने भएर अनुपस्थित भइन् । ८९ सदस्य उपस्थितरहेका थिए।

९३ सदस्यीय कोशी प्रदेशमा बहुमतका लागि ४७ जना सांसदहरु आवश्यक रहेको अवस्थामा सत्तारुढ दल नेकपा एमाले ४० र राप्रपा संग ६ गरेर ४६ र विपक्षी गठबन्धनका दलहरु नेपाली कांग्रेस २९, नेकपा माओवादी केन्द्र १२ र नेकपा एस संग  ४ गरेर जम्मा ४३ जना मात्र सांसदहरु रहेका छन् । 

४६ मत ९३ जनामा बहुमत नपुगेको ले अस्वीकार भएको सुनाउदै सभामुख ले अर्को सुचना नआए सम्मान बैठक स्थगित गरेका छन्।।