विराटनगर।जिल्ला प्रशासन कार्यालय मोरङले सोमबार देखि जन्मसिद्धका आधारमा नागरिकता वितरण सुरु गरेको छ ।
नागरिकता सम्बन्धी कानुन संसोधन भएपछि नगरिकता बाड्न थालिएको हो, नागरिकता लिनको लागि विहान देखिनै जिल्ला प्रशासन कार्यालय अगाडी भिड लागेको थियो ।
लामो समयदेखि नागरिकता पाउनकै लागि संघर्ष गरिरहेकाहरुले नागरिकता पाए पछि खुसि भएका छन् ।
जन्मका आधारमा नागरिकता लिनेहरुको भीड लाग्ने भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले नागरिकता वितरणका लागि छुट्टै फाँटको व्यवस्थापन गरेको बताएको छ । मोरङमा करिब ३५ हजारले जन्मसिद्ध नागरिकता लिएकाले उनीहरुका करिब ७० हजार सन्तानले नागरिकताका लागि निवेदन दिन सक्ने अनुमान गरिएको र त्यसै अनुसारको तयारी गरिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदराज पोखरेलले जानकारी दिए ।
नागरिकता सम्बन्धी कानुन अनुसार जन्मका आधारमा नागरिकता लिन बाबु र आमाको नागरिकता अनिवार्य चाहिने, वडाको सिफारिश, स्थायी बसोबास प्रमाणित हुने पारिवारिक विवरण, व्यक्तिको जन्म दर्ता, शैक्षिक योग्यताको प्रमाणपत्र अनिवार्य गरिएको छ । लामो समय देखि नागरिकता बनाउन लागेको र नागरिकता पाउने भएपछि खुसिलागेको स्थायिनहरुले बताएका छन् ।
मोरङमा जन्मसिद्ध नागरिकता वितरण गर्नुअघि १७ वटै पालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरु सहित भेला बोलाएर आवश्यक निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । मोरङमा जिल्ला प्रशासन कार्यालय विराटनगर, इलाका प्रशासन कार्यालय उर्लाबारी र रंगेलीबाट जन्मका आधारमा नागरिकता वितरण गरिने जिल्ला प्रशान कार्यालय मोरङले जनाएको छ । ।
