प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को विरोधपछि प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगन भएको छ । विनियोजन विधेयक, २०८० को शीर्षकगत छmलफलका क्रममा उपराष्ट्रपतिको कार्यालयका लागि खर्च शीर्षक पुस्तिका सांसदलाई उपलब्ध नगराइएको भन्दै विरोध गरेपछि बैठक स्थगित भएको हो । बैठकमा एमालेका सचेतक महेश बर्ताैलाले कार्यसूचीमा रहेको उक्त निकायको खर्च विवरण प्राप्त नभएसम्म छलफल अघि बढ्न नसक्ने अडान राख्नुभएको थियो । यसपछि सभामुख देवराज घिमिरेले कतिपय निकायका शीर्षक प्राप्त नभएको भए पनि बजेटको छलफल समयमै सक्नुपर्ने भएकाले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभयो । तर एमालेले पुस्तिका नआएसम्म छलफल चल्न नदिने अडान दिएपछि बैठक स्थगित भएको छ । –––RSS