विराटनगर। वैदेशिक रोजगारमा हुने ठगी रोक्न स्वयं वैदेशिक रोजगारमा जानेहरु नै बढी सचेत र सजग हुनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
विराटनगरमा आयोजना गरिएको सुरक्षित आप्रवासन सम्बन्धी अन्तक्रिर्या कार्यक्रममा वैदेशिक रोजगारमा जानेहरु सबैभन्दा बढी आफ्नै नजिकका व्यक्तिहरुबाट ठगिने गरेको र मोरङमा १७५ वटा उजुरी दर्ता भएकोमा १२७ वटा ठगी सम्बन्धी उजुरी रहेको जानकारी दिइएको थियो।
सो कार्यक्रममा सहभागिहरुले पासपोर्ट बनाउने बेला देखि नै सचेत र सजग बनाउने प्रयास हुँदाहुदै पनि वैदेशिक रोजगारमा जानेहरु ठगिने गरेको पाइएको छ । सो कार्यक्रममा चालू आर्थिक वर्षमा वैदेशिक रोजगारका क्रममा ठगिएको २ करोड ३६ लाख ५२ हजार रुपैया फिर्ता गराउन सफल भएको बताइएको छ । मोरङको विराटनगर महानगरपालिका, उर्लाबारी र रंगेली नगरपालिका तथा कानेपोखरी गाँउपालिकामा सुरक्षित आप्रवासन सामी कार्यक्रम संचालन भईरहेको छ ।चालू आर्थिक वर्षा १३ हजार ४ सय ५६ जनालाई परामर्श दिइएको सामी कार्यक्रमले जनाएको छ । यस कार्यक्रम अर्न्तर्गत सरोकारवालाहरुलाई वैदेशिक रोजगारको सूचना, सीप, परामर्श र अभिमुखिकरण कार्यक्रम संचालन गर्ने गरिन्छ ।