उर्लाबारी
गायक राजेश धिमाललाई धिमाल युवा प्रतिभा पुरस्कार २०८० प्रदान गरिने भएको छ ।आज शुक्रबारको दिन धिमाल युवा प्रतिभा पुरस्कार २०८० छनौट समितिको बैठकले सो निर्णय गरेको हो । समितिका संयोजक अजितकुमार धिमालको अध्यक्षतामा बसेको बैठकले गित, संगीत मार्फत समुदायको पहिचान र धिमाल भाषाको गित, संगीतमा पुर्याउदै आएको योगदानको कदर गर्दै उनलाई पुरस्कृत गरिने निर्णय भएको समितिका सदस्य मोहनकुमार धिमालले जानकारी दिनुभयो । युवाहरुको प्रतिभाको कदर र प्रोत्साहन गर्ने उदेश्यले धिमाल जातिय विकास केन्द्रले सो पुरस्कार प्रदान गर्दै आएको उहाँले बताउनुभयो । केन्द्रीय समितिले हरेक वर्ष असार २ गते जातिरिरसिरिजात समापन कार्यक्रमको अवसरमा युवा प्रतिभा पुरस्कार प्रदान गरिदै आएको छ । पुरस्कृत मेचिनगर (८ निवासि गायक राजेश धिमाललाई आल्गी धावा, नगद ५ हजार र सम्मान पत्र प्रदान गरिनेछ ।