निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई मातृशोक परेको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाकी आमा डम्बरकुमारीको ९० वर्षको उमेरमा कपनस्थित निवासमा आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । दिवङ्गत थपलियाको अहिले ११ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ । उहाँका चार छोरा र तीन छोरी हुनुहुन्छ । –––RSS