नेपाली कांग्रेसका महामंत्री गगनथापाले पार्टी हित र कार्यकर्ताको चाहनाबमोजिम पार्टी सभापति शेर बहादुर देउबालाई नेतृत्व हस्तान्तरण गरेर मार्गप्रशस्त गरिदिन आग्रह गरेका छन् ।
मंगलबार विराटनगरमा संचारकर्मीहरुसंग कुरा गर्दै महामंत्री गगन थापाले वर्तमान सभापतिको नेतृत्वमा नेपाली कांग्रेस अघि बढ्न सक्ने स्थितिमा नरहेको र पार्टी हितकालागि पनि मार्ग प्रशस्त गर्नु आवश्यक रहेको बताए । उनले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने स्थिति रहेकाले मार्ग प्रशस्त गरिदिएर पार्टीका अरु व्यक्तिको नेतृत्वमा सरकार बनाउनपनि नेतृत्व छोडिदिदा नेपालीकांग्रेसको हित हुने धारणा राखे । उनले पाँचपाँच पटक प्रधानमन्त्री भइ सक्नु भएको हुनाले अब अरुलाई बनाउनु पर्ने बताए ।
गगनथापा, महामंत्री, नेपालीकांग्रेस ।
फरक प्रसंगमा महामंत्री थापाले पार्टी सुदृढिकरणका लागि नेतृत्व हस्तान्तरण गर्नुको विकल्प नभएको र यसका लागि आफुले विभिन्न कदमहरु चाल्ने जानकारी दिए ।
महामन्त्री थापाले आफु जोखिम उठाएर परिवर्तन गर्न लागि रहेको हुनले अवको कामभनेको पार्टीको नेतृत्व र सरकारको नेतृत्व परिवर्तन गर्नुपर्ने बताए ।