कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले आक्रमण होइन पहिचान बादीहरुलाइ वार्तामा आउन आग्रह गरेकी छिन् ।

विराटनगरमा आयोजना गरिएको महिला पत्रकारहरूको लागि संसदीय रिपोर्टिङ सम्बन्धि क्षमता अभिवृद्धि तालिमको उद्घाटन कार्यक्रममा बोल्दै उनले आफुमाथि   हिजो  भएको आक्रमणका कारण घर जान पनि डराउनुपर्ने अवस्था आएको बताइन । 

उनले आफ्नो घर जान नसक्ने अवस्थामा पुगेको र  आजदेखि केही दिनकोलागि घर जानु हुँदैन की भन्ने लागेको  बताइन ।उनले पहिचान बादीहरुलाई व्यङ्ग्य गर्दै आफ्नो अधिकार खोज्नेहरूले अरूको अधिकारलाई पनि सम्मान गर्न जान्नुपर्ने बताइन ।  उनले आफूमाथि घर जाँदा केही मानिसले आक्रमण गरेको भन्दै दुःख व्यक्त समेत गरेकी छिन् ।

 उपसभामुख दनुवारले कोशी प्रदेश सरकारले वार्ता टोली बनाएको छ   बार्ताको माध्यमबाटै समस्याको समाधान गर्नुपर्ने बताइन ।  उनले जनप्रतिनिधिलाई गाउँ जान नदिनु भनेको जनताको भावना माथिको खेलबाड गरेको आरोप लगाइन ।

उनले आफुमाथि आक्रमण गर्नु आफु चढेको गाडीको झण्डा झिकिएको र अहिलेसम्म नदिएको

गलत भएको भन्दै कोशी प्रदेशको सांसद र सांसदलाई सचेत बनाउँदै विकास र समृद्धिमा सहयोग पुर्याउनेमा विश्वस्त रहेको बताईन् । महिलाहरुलाई उपमा मात्र राखिएको भन्दै उनले प्रमुखमा आउन नदिईएको भन्दै त्यसकोलागि महिलाहरू आफैं अब्बल हुनु पर्ने  बताइन् ।

IMG20230609105549 (1)