रंगेलीनगरपालिका–९ स्थित दोहमनाबजारमा निर्माण भएको सुविधा सम्पन्नपशुपंक्षीबजारको उद्घाटन गरि नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
कृषितथापशुपंक्षीविकास मन्त्रालयअन्तगर्तको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाद्वारा निर्मित पशुपंक्षीबजारको शनिबार उद्घाटन गरि रंगेलीनगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
सो पशुपंक्षीबजारको कृषि तथा पशुपंक्षीविकास मन्त्री डा. बेदुरामभुषालले उद्घाटन गरे । सो अबसरमा बोल्दै मन्त्रीभुषालले देशभरका १६१ वटा गाउ ँतथा नगरपालिकामा पशु स्वास्थ्यप्रयोगशाला राख्ने सरकारले योजनाबनाएको जानकारी दिए । उनले सो बजारलाई पशु स्वास्थ्य केन्द्र आवश्यक देखिएकाले मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् । उनले सो बजारमा बिक्रिवितरण गर्नका लागिल्याइने पशुपंक्षी स्वस्थ भए नभएको भन्ने विषयम ाध्यानदिनुपर्ने बताउँदै त्यसका लागि आवश्यक संरचनानिर्माण गर्न मन्त्रालयकातर्फबाट सक्दो सहयोग गर्ने समेत बताए । उनले रंगेलीमा कृषिबजार समेत निर्माण भइरहेको र त्यसका लागि थप बजेटसमेत विनियोजन गरिएको बताए ।
सो अबसरमा रंगेलीनगरपालिकाका मेयर दिलिप बगडीयाले दोहमनाको पशुपंक्षीबजार नगरपालिकाको प्रस्तावमानिर्माण भएको जानकारी दिए । उनले रंगेलीमानिर्माणाधिन कृषिबजारकालागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन भइसकेकाले चाँडै निर्माण सम्पन्न गर्नका लागि मन्त्रालयबाट आवश्यक सहयोग गरिदिनसमेत आग्रह गरे ।
उक्तपशुपंक्षीबजार रंगेलीनगरपालिकाको पहलमा कृषि तथा पशुपंक्षीविकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनामार्फत ३ करोड ७ लाख रुपैयाँको लागतमा निर्माण भएको प्रमुख प्रशासकिय अधिकृत ओमकार प्रसाद न्यौपानेले जानकारी दिए । सो बजार २०७९ साल साउनमानिर्माण सम्पन्न भएपनि शनिबार मात्र उद्घाटन भएको हो । यो सँगै उक्तबजार रंगेलीनगरपालिकाको स्वामित्वमाआएको छ । सुविधा सम्पन्नउक्तबजार निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि स्थानीयनिकै टेवापुग्ने दखिएको छ ।