विराटनगर, १८ जेठ ।
भारत विहारको बथना देखि नेपालको विराटनगर कस्टम र्याडसम्म आजदेखि कार्गो रेल सुरु भएको छ ।
५ वर्ष अघि नै परिक्षण भईसकेको रेलवे मार्ग संचालन हुने भएपछि ढुवानी लागत घट्ने उद्योगी व्यवसायीहरुले बताएका छन् ।
बिहारको बथनाहा देखि विराटनगरको बुधनगर स्थित एकिकृत जाँच चौकी नजिक सम्म कार्गो रेल आएपछि सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगी व्यवसायीहरु उत्साहित भएका छन् ।
कार्गो रेल संचालन पछि कलकत्ता बन्दरगाहबाट विराटनगर सम्म औद्योगिक कच्चा पदार्थ लगायतका सामानहरु ल्याउन सहज हुने बताइएको छ । कार्गो रेलबाट सामान ल्याउदा एउटा कन्टेनरमा ढुवानी भाडा ४५ हजार रुपैया सम्म कम हुने भएकाले उद्घाटनमा मात्र सिमित गर्न नहुने उद्योगीहरुले बताएका छन् । उनीहरुले अन्य मार्ग भन्दा रेलबाट सामान ल्याउदा अहिलेको अवस्थामा धेरै राहत हुने बताए ।
बथनाहाबाट विराटनगर सम्मको कार्गो रेलको एक कार्यक्रम बीच भारतको दिल्लीबाट नेपालका प्रधानमंत्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका प्रधानमंत्री नरेन्द्र मोदीले दुवै देशको झण्डा हल्लाएर उद्घाटन गरेका हुन ।
बथनाहाबाट विराटनगरको बुधनगर सम्म करिब ७ किलोमिटर दुरी रहेको छ । करिब ११ वर्ष अघि निर्माण थालिएको बथनाहा देखि मोरङको कटहरी महेशपुर सम्मको रेल मार्ग जग्गा मुआब्जा विवादका कारण अझै निर्माण सम्पन्न हुन सकेको छैन । भारतिय लगानीमा निर्माण थालिएको करिब १८ किलोमिटर रेल मार्ग मध्ये बुधनगर सम्मको रेल मार्ग पूर्ण रुपमा तयार भएपछि कार्गो रेल संचालनमा आएको हो । चाडै नै जग्गा मुआब्जा विवाद टुङ्ग्याएर कटहरी महेशपुर सम्म रेल मार्ग पु¥याउन उद्योगीहरुले आग्रह गरेका छन् । कार्गो रेल नेपालमा आउदा स्थायिनहरुले पनि रोजगारी पाउने भन्दै खुसि ब्यक्त गरेका छन् भने नेपाल कस्टम यार्डमा रेल हेर्नेको भिड लागेको थियो ।