विराटनगर, १५ जेठ ।
   नेतृत्व तहबाट नै भ्रष्टाचारको छानबिन गर्न सकिए मात्र तल्लो तह सम्म फैलिएको भ्रष्टाचारको जालो तोड्न सकिने समाजका अगुवाहरुले बताएका छन्।
  गणतन्त्र दिवसको उपलक्ष्यमा विराटनगरमा आयोजना गरिएको गणतन्त्रको प्रमुख चुनौती अनियन्त्रित भ्रष्टाचार विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै नागरिक अगुवाहरुले जव सम्म देशमा राजनीति र राजनैतिक नेताहरु शुद्ध नभएसम्म भ्रष्टाचार अन्त्य हुने धारणा राखे।  
नागरिक समाजका अगुवा प्राध्यापक कृष्ण पोखरेलले  सामाजिक मुल्य मान्यता र परिवेशका कारण पनि भ्रष्टाचार चुनौती बन्दै गएको र यसका लागि नागरिक समाजले सधै खबरदारी गरिरहने  बताए।
प्राध्यापक कृष्ण पोखरेल, नागरिक अगुवा । 
सो कार्यक्रमका सहभागीहरुले राजनैतिक दलहरुको संरक्षण र पर्रवर्द्धनमा भईरहेको भ्रष्टाचारका कारण गणतन्त्र नै खतरामा पर्न सक्ने धारणा राखे ।  उनिहरुले  आफ्नो पार्टीका नेता बाहेक सबैलाई भ्रष्टाचारी देख्ने प्रवृत्तिले पनि भ्रष्टाचार मौलाईरहेको बताए । सहभागीहरुले आफ्नो लाइ नदेख्ने र अर्को लाई दोषी देख्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने धारणा राखे।
 साझा सवालका लागि साझा मंच कोकनले आयोजना गरेको सो कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, सुरक्षा कर्मीहरु् विद्यार्थी र युवाहरुको सहभागिता रहेको थियो ।