विराटनगर, १४ जेठ । पहिचानवादीहरुले प्रदेशको पुनः नामाकरणको माग गर्दै आन्दोलन गरिरहेको बेला कोशी प्रदेशको दोश्रो तथा बजेट अधिवेशन आजदेखि शुरु भएको छ ।

  विराटनगर स्थित प्रदेश सभामा शुरु भएको बजेट अधिवेशनमा प्रदेश सांसदहरुले प्रदेश नामाकरण बारे हिंसात्मक आन्दोलन भईरहेकोले तत्काल वार्ता समिति बनाउनुपर्ने माग गरेका छन् । 

 कोशी प्रदेशका सभामुख बाबुराम गौतमले प्रदेशको नामाकरण संविधान र कानुन अनुसार गरिएकोले संवैधानिक हिसाबले नै यसको निरुपण हुने र पहिचानवादीहरुले गरिरहेको आन्दोलनलाई शान्तिर्पूण बनाउन आग्रह गर्नुभयो । 

यसैबीच नेकपा एमाले कोशी प्रदेश संसदीय दलले प्रदेशको नामाकरणको विषय प्रदेश सरकारको भन्दा पनि प्रदेश सभाको क्षेत्राधिकार भित्र रहेकाले यसलाई प्रदेश सभाले नै सम्बोधन गर्नुपर्ने जनाएको छ ।  

आइतवार शुरु भएको प्रदेश सभाको बैठकमा प्रदेश ऐनमा नाम समायोजन सम्बन्धि विधेयक, प्रदेश प्रमुखबाट जारी स्थानीय सेवा गठन तथा संचालन अध्यादेश २०८०, प्रदेश निजामती सेवा ऐन पहिलो संसोधन अध्यादेश २०८० आन्तरिक मामिला तथा कानुन मंत्रालयको तर्फाट खानेपानी सिचाई तथा उर्जा मंत्री तील कुमार मेयाङ्बो लिम्बुले पेश गरेका थिए । 

koshi pradesh (2)