विराटनगर, ५ जेठ ।
कोशी प्रदेशका उद्योगी व्यापारीहरुले आगामी बजेटमा कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न आग्रह गरेका छन् ।
विराटनगरमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आयोजना गरेको कोशी प्रदेशको आर्थिक वर्ष ०८०÷८१ को पर्व बजेट कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमंत्री हिक्मत कुमार कार्कीले राष्ट्रिय पूँजीको पर्याप्त विकास नगरी समाजवाद उन्मुख अर्थतन्त्र बनाउन नसकिने बताए। उनले प्रदेश सरकारले राष्ट्रिय पूँजीको विकासका लागि उद्योगी व्यवसायीहरुको सुझाव अनुसार नै बजेट ल्याउने जानकारी दिए।
सो अन्तक्रिर्या कार्यक्रममा बोल्दै सहभागिहरुले बजेट खर्च हुन नसक्दा अर्थतन्त्र चलायमान हुन नसकेकोले यथार्थमा आधारित भएर बजेट ल्याउनुपर्ने धारणा व्यक्त गरेका थिए । उनले संघिय सरकारले प्रदेश र स्थानीय तहलाई सबल बनाउने कुरामा ध्यान नदिएको गुनासो व्यक्त गरे ।
सो कार्यक्रममा विभिन्न संस्थाले तयार पारेको कोशी प्रदेशको आर्थिक अवस्था, सम्भावना र चुनौतीहरु बारे प्रस्तुतिकरण गरिएको थियो ।सो कार्यक्रममा कोशी प्रदेशका विभिन्न उद्योग वाणिज्य संघका प्रतिनिधि, वस्तुगत संघ संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।