विराटनगर ३० बैशाख ।   उद्योग सङ्गठन मोरङको अध्यक्षमा राकेश सुराना निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा शनिवार सम्पन्न भएको ५० औँ साधारण सभाले सुरानालाई निर्विरोध अध्यक्षमा निर्वाचित चयन गरेको हो ।

  २६औँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा नन्द किशोर राठी, वित्तीय उपसभापतिमा राजकुमार गोल्छा, कृषि, ऊर्जा र जलश्रोत उपसभापतिमा भोलेश्वर दुलाल र रोजगार उपाध्यक्षमा विपिन कावरा पनि निर्विरोध चुनिएका छन् । त्यसै गरी कोषाध्यक्षमा सुबोध कोइरालासहित आठ जना सदस्य पनि निर्विरोध छानिएका छन ।

त्यसै गरी सदस्यमा पारस लुनिया, इन्द्र खत्री, सौरभ सारडा, सुरेन्द्र गोल्छा, सुजन प्याकुरेल, दीपककुमार अग्रवाल र वीरेन्द्र राठी चुनिएका छन । कार्यसमितिमा थप तीन जना सदस्य अध्यक्षले मनोनीत गर्ने सङ्गठनको विधान छ ।

सङ्गठनमा कार्यसमितिका सबै पदाधिकारी र सदस्य निर्विरोध चुनिएका हुन ।