बुढीगंगा ३० बैशाख । मोरङको बुढीगंगा गाँउपालिका स्थित १३२ केभी प्रसारण लाइनको हाइटेन्सन टावरमा चढेका युवा ११ घण्टा पछि ओर्लिएका छन् ।

  बुढीगंगा गाँउपालिकामा निर्माण भईरहेको रिटेनिङ वाल उपभोक्ता समितिमा आफुलाई नसोधेर राखिएको र काम नदिएको गुनासो गर्दै बिहान ६ बजे वडा नं. ७ को विद्युतको टावरमा चढेका थिए । उनको माग सम्बोधन गर्ने बुढीगंगा गाँउपालिकाका अध्यक्ष जीत नारायण थापा मगरले प्रतिबद्धता व्यक्त गरेपछि उनी टावरबाट ओर्लिएको अध्यक्ष थापा मगरले जानकारी दिए ।

भगौडा सैनिक समेत रहेका ४० वर्षीय दिनेश कुमार माझी विद्युतको टावरमा चढेपछि प्रहरीले ओराल्ने प्रयास गरेका थिए । उनले गाँउपालिका अध्यक्ष नआए सम्म टावरबाट नओर्लने बताएपछि धनकुटा गएका गाँउपालिका अध्यक्ष जीत नारायण थापा मगरलाई बोलाइएको थियो ।