विराटनगर। जनताले मुद्दा जिते पनि न्याय पाएको महसुस नभए फैसला हुनुको अर्थ नहुने सरोकारवालाहरुले बताएका छन् । 

 विराटनगरमा आयोजना गरिएको लैंगिक न्यायको सन्दर्भमा अनुसंधान र अभियोजनमा संलग्नहरु बीचको अन्तक्र्रिया कार्यक्रममा बोल्दै सहभागिहरुले न्याय पाएको महसुस हुने गरी कुनै पनि मुद्दाको अभियोजन र अनुसंधान हुनुपर्ने बताएका छन् ।

IMG20230502155925

मंगलबार महान्यायाधिवक्ताको कार्यालयले आयोजना गरेको अनुसंधानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकिल र न्याय सम्पादनमा संलग्न न्यायाधिसहरु बीचको सो अन्तक्र्रिया कार्यक्रममा बोल्दै महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले अनुसंधान र अभियोजनमा एकरुपता ल्याउन एकिकृत निर्देशिका बनाउन लागेको जानकारी दिए । उनले अमेरिकामा जस्तो मुद्दामा प्रि बार्गेनिङ प्रणाली ल्याउन सकने अदालतमा मुद्दाको चाप घट्ने बताए ।

सो कार्यक्रममा बोल्दै उच्च अदालत विराटनगरका कायम मुकायम मुख्य न्यायाधिस सत्यमोहन जोशी थारुले जाहेरी नै नलिने प्रवृत्तिले पिडित थप पीडामा पर्न सक्न भएकाले कुनै पनि जाहेरी दर्ता गर्नु प्रहरीको कर्तव्य भएको बताए । 

IMG20230502155917

मोरङ, सुनसरी, उदयपुर, झापा, धनकुटा, ताप्लेजुङ, इलाम र पाँचथरका सरकारी वकिल, प्रहरी कार्यालयका प्रतिनिधि र जिल्ला न्यायाधिसहरुको सहभागिता रहेको सो कार्यक्रममा अनुसंधान र अभियोजनमा देखिएका समस्या बारे छलफल गरिएको थियो ।  

महान्यायाधिवक्ताको कार्यालयले सो कार्यक्रममा जिल्ला कारागार मोरङलाई अदालतको पेशी, अभियोजन र अन्य विवरण हेर्न सक्ने गरी एउटा मोनिटर टेलिभिजन हस्तान्तरण गरेको छ ।