विराटनगर, १८ बैशाख ।मजदुरलाई सामाजिक सुरक्षामा समावेस गर्नु पर्ने राज्यले वनाएको कानुन मापदण्ड लागु गर्नु पर्ने मजदुरहरुले माग गरेका छन् । 

 मे दिवसको उपलक्ष्यमा नेपाल ट्रेड युनियन महासंघ जिफण्ट कोशी प्रदेश समितिले विराटनगरमा आयोजना गरेको कार्यक्रममा सहभागि मजदुरहश्रले महिला र पुरुषको ज्याला समान नभएको गुनासो गरेका छन् । उद्योगमा काम गर्ने मजदुरहरुले समान कामका लागि समान ज्याला नारामा मात्र सिमति रहेको गुनासो गरेका छन् ।

महिला मजदुरहरुको लागि उद्योगहरुले कुनै व्यवस्था नगरेको महिला मजदुरहरुले गुनासो गरेका छन् । 

अधिकारका लागि हस्तक्षेप गरौं भन्ने नारा सहित आयोजना गरिएको सो कार्यक्रममा मजदुर नेताहरुले मजदुरहरुको तलब वृद्धि गर्न र असंगठित क्षेत्रमा कार्यरत मजदुरहरुलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध गराउनुपर्ने बताएका छन् । 

उनिहरुले मजदुरको लागि श्रम डेक्सको स्थापना श्रम पञ्जिकरण स्वास्थ्य सुरक्षाहरु हुनु पर्नेे बताएका छन् । 

 कोशी प्रदेशका मुख्यमंत्री हिक्मत कुमार कार्कीले मजदुरहरुको समस्या समाधान गर्न प्रदेश सरकारले उद्योग डेस्क स्थापना गर्ने बताएका छन् ।

सो कार्यक्रममा बोल्दै मुख्यमंत्री कार्कीले मजदुरहरुले जीवनयापन गर्न सक्ने गरी तलब पाउनुपर्ने धारणा राखे । उनले योगदानमा आधारित सामाजिक सुरक्षा भत्ता कुनै पनि हालतमा कार्यान्वयन गराउनुपर्ने बताउदै मजदुरहरुको समस्या प्रदेश सरकारलाई उपलब्ध गराउन आग्रह गरेका छन् ।