विराटनगर, १८ बैशाख।पहिचानको मुद्यालाई एक जुट बनाएर लैजान तथा आदिवासी जनजातिका सवालहरुलाई मुखरित गर्न नागरिक उन्मुक्ति पार्टी, संघिय लोकतान्त्रिक राष्ट्रिय मंच, कोचिला संघर्ष समिति र नागरिक सशक्तिकरणका लागि जागरण अभियान गरी चार वटा पार्टी बीच एकिकरण भएको छ ।

सोमबार विराटनगरमा आयोजना गरिएको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै विभिन्न पार्टीका नेताहरुले पहिचानको मुद्दा ओझेलमा पर्दै गएको र आदिवासी जनजातिका समस्यालाई सम्बोधन नगरिएकोले पार्टी एकिकरण गर्न बाध्य भएको बताएका छन् । उनिहरुले विचार मिल्ने सिदान्त मिल्ने सवै एकै थलोमा रहने बताए । भलिको दिनमा अन्य पार्टी संग पनि एकीकरण गरेर जानसक्ने उनिहरुको भनाइ थियो ।


 सो कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवम् भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मंत्री रंजिता श्रेष्ठ चौधरी, संघिय लोकतान्त्रिक राष्ट्रिय मंचका अध्यक्ष ज्ञान बहादुर गुरुङ, दिनेशचन्द्र राजवंशी, दामोदर पाण्डे लगायतको नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

 सो कार्यक्रम सहभागिहरुले प्रदेश १ को नामाकरण पहिचानका आधारमा लिम्बुवान खम्बुवान किरात कोचिला प्रदेश हुनुपर्ने माग गरेका छन् । उनिहरुले अहिलेको प्रदेश सरकारले राखेको कोशी नाममा समर्थन नगर्ने आप्mनो माग पुरा गर्नु पर्ने समेत माग राखेका छन् ।