कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्व मजदुर दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्नुभएको छ । प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरबाट जारी विज्ञप्तिमा उहाँले सम्पूर्ण श्रमजीवी वर्गको यो विशेष दिन १३४औँ विश्व मजदुर दिवस÷अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा विश्वभरी छरिएर रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवीमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आफ्नो अधिकारको माग गर्दै अमेरिकाको शिकागो सहरमा मजदुरले गरेको प्रदर्शनका क्रममा ज्यान गुमाएका श्रमिकको सम्झनास्वरूप सन् १८८९ को मे १ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको जारी शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । आजको दिनलाई विश्वभरीका मजदुर तथा श्रमजीवी वर्गले आफ्नो आन्दोलनको महत्वपूर्ण उपलब्धि आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन लगायतका आधारभूत हकअधिकार प्राप्तिको दिनका रूपमा स्मरण गर्ने गरेको मुख्यमन्त्री कार्कीले उल्लेख गर्नुभएको छ । उहाँले नेपालको हरेक राजनीतिक–सामाजिक परिवर्तनमा श्रमिक वर्गले आफ्नो जीवन र रोजगारीको प्रवाह नगरी ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको भनी उल्लेख गर्नुभएको छ । शुभकामना सन्देशमा विसं २००७ मा कोशी प्रदेशको औद्योगिक नगरी विराटनगरबाट नै श्रमिक मजदुरले प्रजातन्त्रको विगुल फुकेको उल्लेख गरिएको छ । “नेपाली समाजको युगान्तकारी परिवर्तनका लागि श्रमजीवी वर्गले पु¥याएको योगदानप्रति आजको विशेष दिनमा म उच्च सम्मान प्रकट गर्दछु”, मुख्यमन्त्री कार्कीले भन्नुभएको छ । नेपालको संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएकाले सोहीअनुसार श्रमजीवी वर्गको अधिकार कार्यान्वयन गर्न श्रम ऐन, २०७४ र सामाजिक सुरक्षा ऐन २०७५ लगायतका विभिन्न ऐन कानुनको निर्माण भएको मुख्यमन्त्री कार्कीले उल्लेख गर्नुभएको छ । सरकारी तहबाट निर्माण भएका ती ऐन कानुनको पूर्ण कार्यान्वयनका लागि आवश्यक भूमिका निर्वाह गर्न कोशी प्रदेश सरकार पूर्णरूपमा प्रतिवद्ध रहेको कुरा अवगत गराइएको छ । विश्व मजदुर दिवसका अवसरमा सम्पूर्ण श्रमिजीवी नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गदै नेपाली श्रमिक तथा तिनका प्रतिनिधि टेर्ड युनियनलाई श्रमिकको हकहित संरक्षणका निम्ति सङ्गठित र एकताबद्ध भएर अघि बढ्न सफलता मिलोस भन्दै सबैमा शुभकामना मुख्यमन्त्री कार्कीले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । –––RSS