विराटनगर । राज्यले नागरिकता विहिन बनाएको भन्दै विराटनगर स्थित जिल्ला प्रशानसन कार्यालय अगाडी युवाहरु धर्नामा बसेका छन् ।
शुक्रवार उनिहरुले नागरिकता पिडित संघर्ष समितिनै गठन गरेर विभिन्न मागहरु लेखिएका नारा सहितका प्लेकाढ बोकेर धर्ना सुरु गरेका छन् । नागरिकता नहुदा पढ्नबाट बन्चित भएको, जागिर नपाउने, वैदेशिक रोजगारीमा समेत जान नपाएका कारण सरकार संग नागरिकता माग गरेको उनिहरुको भनाई छ ।
उनिहरुले नागरिकता संसोधन विद्येयक तत्काल पारित गर, आमाको नामबाट नागरिकता सहज गर जस्ता माग राखेका छन् ।
उनिहरुले आफुहरुलाई अनागरिक बनाउन पाइदैन,हाम्रो भविष्य अन्धकार बनाउन पाइदैन, हाम्रो बुबा आमा नागरिक हामी कहाँ कोनागरिक,हाम्रो पहिचान कायम गर,हामीलाई नागरिकता खैत सरकार जस्ता नारा लेखिएका प्लेकाढ बोकेर नारा लगाउदै धर्नामा बसेका छन् । उनिहरुले नेपालको संविधान २०७२ क् ाभाग २ को धारा ११ को उपधारा ३ र ४ तुरुन्त लागु गर्न माग गरेका छन् ।