विराटनगर, १५ बैशाख ।कोशी प्रदेशका मुख्यमंत्री हिक्मत कुमार कार्कीले आगामी ७ वर्षा दिगो विकास लक्ष्यका १७ वटा गोलहरु पूरा गर्ने गरी प्रदेश सरकारले काम गरिरहेको जानकारी दिए । 

शुक्रबार विराटनगर स्थित मुख्यमंत्री तथा मंत्रीपरिषद कार्यालयमा आयोजना गरिएको नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन सम्बन्धमा संसदीय अध्ययन तथा मुल्यांकन सम्बन्धी अन्तक्रिर्या कार्यक्रममा बोल्दै मुख्यमंत्री हिक्मत कुमार कार्कीले दिगो विकास लक्ष्य कार्यान्वयनका लागि प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रम, बजेट र योजनाहरु बनाउने गरेको बताएका । 

राष्ट्रिय सभा दिगो विकास तथा सुशासन समिति र प्रदेश योजना आयोगले आयोजना गरेको सो कार्यक्रममा संघिय संसद सचिवालयका सचिव डा रोजनाथ पाण्डेले सन२०३० सम्ममा दिगो विकास लक्ष्यका १७ वटा सूचकहरु प्राप्त गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

मुख्य भंत्री कार्कीले दिगो विकास लक्ष्य पूरा भए मुलुकलाई विकासोन्मुख राष्ट्रबाट विकासशिल राष्ट्र बन्ने भएपनि सरकारले बजेट कटौती गर्न थालेकोले धेरै योजनाहरु प्रभावित हुन लागेको धारणा व्यक्त गरे ।

सो कार्यक्रममा राष्ट्रिय सभाका सांसदहरु, प्रदेशका मंत्रीहरु, विभिन्न मंत्रालय सचिवहरु तथा संघिय संसदका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।