विराटनगर १४ वैशाख ।
मोरङ जिल्लाको विभिन्न विद्यालयबाट एसइई परीक्षामा नक्कली परीक्षार्थी राखेर परीक्षा दिन लगाउने कन्सल्टेन्सी संचालकलाई र परिक्षर्थीलाई जिल्ला अदालत मोरङले धरौटीमा छाड्न अदालतले आदेश गरेको छ ।
विहिवार मोरङ जिल्ला अदालतले उमेर पुगेका नक्कली परीक्षार्थीहरूलाई धरौटीमा र नाबालकहरूको हकमा भने अभिभावलाई जिम्मा लगाउन आदेश गरेको हो ।
मोरङ अदालतका न्यायाधीश गायत्री प्रकाश रेग्मीको इजालशले पक्राउ परेका कन्सल्टेन्सी संचालक सन्तोष राईलाई २ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश गरेका छन् भने पक्राउ परेका अन्य १६६ जना नक्कली परीक्षार्थीहरूलाई जनही ४० हजार रुपैयाँ र नाबालक २८ जनालाई अभिभावकलाई जिम्मा लगाउन आदेश गरेको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
मोरङको तीन वटा परीक्षा केन्द्रबाट एसइईमा सामाजिक विषयको परीक्षा दिँदै गर्दा १९९ जना नक्कली परीक्षार्र्थीहरुलाई गत चैत्र १७ गते पक्राउ परेका थिए ।