विराटनगर, १४ बैशाख ।विराटनगर महानगर क्षेत्रमा बैशाख १५ गते देखि खुला रुपमा माछा मासु विक्रीमा प्रतिबन्ध लगाइने भएको छ ।

विहिवार महानगरले शुरु गरेको अभियान तथा मासु जाँच ऐन कार्यान्वयन बारे जानकारी दिन अन्तक्रिर्या कार्यक्रम आयोजना गरेको छ ।

खुला रुपमा बध गरिएका माछा मासु प्रयोग गर्दा स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएको र सरसफाइमा समेत कठिनाई भएकाले महानगरपालिकाले र्सार्वजनिक सडक, धार्मिक मठ मन्दिर, शैक्षिक संस्था तथा र्सार्वजनिक शौचालय लगायतका क्षेत्रमा खुला रुपमा माछा मासु विक्री वितरण निषेध गर्न लागेको हो ।

सो अन्तक्रिर्या कार्यक्रममा डा. गंगाराम यादवले मासु जाँच ऐनको प्रावधान, माछामासुबाट र्सर्ने रोगहरु, वध गर्दा व्यवसायीलाई पर्न सक्ने असर र उपभोक्ताको अधिकार बारे जानकारी गर ।

सो कार्यक्रममा माछा मासु व्यवसायीहरु, महानगरपालिकाका कर्मचारी तथा नगर प्रहरीहरुको सहभागिता रहेको थियो ।