विराटनगर १२ वैशाख । 

  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभाको उपनिर्वाचनको परिणामले कांग्रेसलाई सच्चिने सन्देश दिएको बताएका छन् ।

मंगलवार विराटनगरमा पत्रकारहरुसित कुरा गर्दै नेता कोइरालाले उपनिर्वाचनमा पुराना पार्टीलाई भोट नगएर नयाँ पार्टीलाई जानुले युवाको चाहनाअनुसार अहिलेका पार्टीहरु नचलेको पुष्टि भएको धारणा राखे । उनले युवाको भावनाअनुसार कांग्रेस अगाडि नबढेकै कारण अहिलेको अवस्था आएको बताए । नेता कोइरालाले कांग्रेस सच्चिएर युवाहरुलाई अवसर दिँदै जिल्लाजिल्लामा संगठन विस्तारमा लाग्नुपर्नेमा बताए ।

shekhar koiralana (1)

उनले  प्राप्त जनमतलाई स्वीकारेर अगाडि बढ्नुको विकल्प नभएको भन्दै हारको जिम्मेवार एउटा व्यक्ति नभएर सबैले लिनुपर्ने बताए । फरक प्रसंगमा नेता कोइरालाले देशको अर्थतन्त्र अत्यन्तै अफ्ठ्यारो अवस्थामा रहेको र अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर हुनुपर्ने बताए

डा. शेखर कोइराला नेता, नेपाली कांग्रेस

उनले आर्थिक रुपमा नेपाल श्रीलंकाको बाटोमा अहिले नै नगएको भन्दै बेलैमा सर्तकता अपनाएर अर्थतन्त्र सुधारका लागि लाग्नु जरुरी रहेको धारणा राखे ।