बेलायतको वल्भरह्याम्टन विश्वबिद्यालयको सहकार्यमा संचालित बिराटनगर इन्टरनेशनल कलेजले आफ्ना बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ  । कलेजले बार्षिक रुपमा बिद्यार्थीहरुलाई दिने (एएए) छात्रवृत्ति अन्तर्गत बिद्यार्थीको  शैक्षिक, अनुशासन र कलेजमा सहभागिताका पक्षहरूमा क्यालेन्डर वर्षमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रदान गरिएको हो।

विद्यार्थीहरूलाई उनीहरूको कलेजमा उत्कृष्ट प्रदर्शनको लागि १००% कलेजको ट्यूशन शुल्क छुट गरिएको कलेजका बिजनेस डेभलपमेन्ट प्रमुख बिबेक दाहालले बताए।

छात्रवृत्तिको प्रमाणपत्र वितरण कलेज प्रमुख गोविन्द थापाले बिद्यार्थीहरुलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा छात्रवृत्ति पाएका बिद्यार्थीहरुका अभिभावकहरुको समेत उपस्तिथी रहेको थियो ।

विराटनगर इन्टरनेशनल कलेजमा बिएसी (अनर्स) इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट र बिए (अनर्स)  इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कोर्ष पढाई हुदै आएको छ ।