विराटनगर, ११ बैशाख ।
प्रदेश सरकारको सहयोगमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा विभिन्न उपकरण खरिद गरिएपछि नया सेवाहरु शुरु गरिएको छ ।
विराटनगर स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा हयुमन पापिलोमा भाईरस डिएनए पिसिआर टेष्ट, हेपाटाईटिस बी भाइरस र सि भाईरस पिसिआर टेष्ट, एचएलए बि २७ पिसिआर टेष्ट र माइक्रोबायोलोजी कल्चर सेवा टेष्टको आज सोमबारदेखी शुरु गरिएको छ ।
नयाँ सेवा शुरु भए संगै यी सबै टेष्टका लागि राजधानी काठमाण्डौ वा भारतका विभिन्न शहरमा पठाउनुपर्ने बाध्यता हटेको छ । प्रदेश सरकारले करिब ५ करोड रुपैया उपलब्ध गराएर विभिन्न उपकरणहरु खरिद गरिदिएकाले विभिन्न परिक्षण गर्न सहयोग पुगेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका मेडिकल टेक्नोलोजिष्ट निराजन पोखरेलले जानकारी दिए ।
निराजन पोखरेल, मेडिकल टेक्नोलोजिष्ट, प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट शुरु गरिएको नयाँ सेवाहरुको एक कार्यक्रम बीच कोशी प्रदेशकी स्वास्थ्य मंत्री निर्मला लिम्बुले शुभारम्भ गरेकी छन् ।
मंत्री लिम्बुले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको कार्यहरु र परिक्षण बारे निरीक्षण समेत गरेकी थिइन् । शुभारम्भ कार्यक्रममा बोल्दै मंत्री लिम्बुले जनतालाई सजिलो र सरल रुपमा स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकारको लक्ष्यमा सहयोग गर्न प्रयोगशालाका कर्मचारीहरुलाई निर्देशन दिएकी थिएन् ।