बिराटनगर, बैशाख १० गते ।
नेपाल सरकार गृहमन्त्रालयको मिति २०८०।०१।०६ गतेको निर्णय अनुसार प्रहरी वरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति हुनु भएका निमित्त कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले दर्ज्यानि चिन्ह सु-शोभन पश्चात कार्यालयमा हाजिर हुनु भई आजै पदभार ग्रहण गर्नु भएको हो । पदभार ग्रहण पश्चात प्रदेश प्रहरी कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ ।

अन्तर आत्मालाई साक्षी राखेर जनताको सेवा गर्न कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले सम्पुर्ण प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । पद बहाली ग्रहण पश्चात भिडियो कन्फ्रेन्स मार्फत जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिनु हुँदै वाहाँले उक्त कुरा बताउनु भएको हो । निर्देशनको क्रममा वहाले तत्कालको कुनै पनि स्थितिलाई नियन्त्रणमा लिन र समय समयमा भएका आदेश निर्देशनलाई पालना गर्न उपयुक्त कार्य योजना बनाएर लागु गर्न मातहत प्रमुखहरुलाई निर्देशन दिनुका साथै नागरिकको जीउ धनको सुरक्षा, अपराध नियन्त्रण, घटित अपराधको सफल अनुसन्धान, पेन्डिङ मुद्दाको फर्छ्यौट, लागुऔषधको प्रयोग र ओसार पसार नियन्त्रणको लागि कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउन तथा दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त हुनु पर्ने र खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाई भारतिय काउण्टर पार्टससंग समेत समन्वय गरी सुरक्षा ब्यवस्थालाई मजवुद बनाउन निर्दैशन दिनु भयो । निर्देशनकै क्रममा वहाँले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न र सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अनुसार जनचेतनामुलक कार्यक्रमहरु संचालन गरी आम नागरिकमा जनचेतनाको कमिबाट हुने घटनाहरुलाई न्युनिकरण गर्न र आम सेवाग्राहीसँग समान व्यवहार गरी प्रहरी संठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न निर्देशन दिनु भयो ।