नेपालकै उत्कृष्ट बैंकका रुपमा रहेको NIMB बैंक विराटचौक शाखाले विस्तारित शाखाका रुपमा चैत्र २४ गतेदेखि बेलबारी न.पा.–९ डाँगीहाटमा सञ्चालनमा ल्याएको छ ।
एक कार्यक्रमका बिच बेलबारी नगर प्रमुख दिलप्रसाद राई र सो बैंकका कोशी प्रदेश प्रमुख राजिव गजुरेलले संयुक्त रुपमा उद्घाटन गर्दै यस सेवाबाट यस क्षेत्रका समुदायलाई फाइदा पुग्ने साथै बैंकिङ कारोबारका निम्ति सहज हुने नगर प्रमुखले बताउनुभयो साथै बैंकले छिटै थप सेवा विस्तार गरी यस बैंकबाट हुने विभिन्न कारोबारहरु यसै शाखाबाट हुने गरी सहज बनाउने गजुरेलले बताउनुभयो साथै यस शाखाबाट सानो कामका निम्ति अन्यत्र जानुपर्ने यस क्षेत्रका समुदायको बाध्यता कम हुने विश्वास व्यक्त गर्नुभयो ।
हाल बैंकले २९६ शाखा कार्यालय र ५१ वटा बिस्तारित काउन्टर मार्फत सेवा सुबिधा दिदै आएको छ।
उक्त कार्यक्रममा बेलबारी नगर प्रमुख, बेलबारी न.पा.–९ का वडाध्यक्ष शालिग्राम बस्नेत, नगर कार्यपालिका सदस्य बद्रिनारायण मण्डल, आरजु राईस मिलका प्रबन्धक विवेकानन्द झा, बैंकका कोशी प्रदेश प्रमुख सहितको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।