बिराटनगर, २०७९ चैत्र १४ गते ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बस्तोला कार्यालयमा हाजिर हुनु भई निमित्त कोशी प्रदेश प्रहरी प्रमुखको रुपमा कार्यालयको पदभार ग्रहण गर्नु भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको मिति २०७९ चैत्र १३ गतेको पत्रादेश अनुसार कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी बिराटनगरबाट यस कार्यालयमा काज खटिनु भएका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले आजै कार्यभार सम्हाल्नु भएको हो ।
वहाले कार्यभार सम्हाले पश्चात आजै कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरुलाई भिडियो कन्फरेन्सद्वारा निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाले अपराध अनुसन्धान तथा नियन्त्रण, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, लागुऔषध, चोरी तस्करी नियन्त्रण, सिमावर्ति अपराध नियन्त्रणमा चुस्त दुरुस्तरुपमा खटिई बर्तमान चुनौती र समस्याहरुको समाधान गरी समाजमा शान्ति सुरक्षा कायम राख्न निर्देशन दिनु भएको छ ।