धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष धिमाल जातिको मौलिक खाना संस्कतिको प्रचारप्रसार र प्रवर्द्धनका लागि चिचिरी, गेन्द्रो दिवस मनाउदै आएको छ। 

यसै सन्दर्भमा यस पटक बेलबारीमा “सँस्कृति, मौलिकता र स्वस्थ खाना” भन्ने नाराक साथ तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी यहि मिति २०७९ फागुन १३ गते शनिवार ड्रिमल्याण्ड फन पार्कमा आयोजना हुने भएको छ । कार्यक्रमको लागि  करिब ५ लाख रुपैयाँ खर्च हुनेछ, भने दुई हजार भन्दा बढि दर्शकको सहभागीता रहने अनुमान आयोजकले जनाएको छ  । धिमाल परिकार स्टलमा धिमाल जातिको मौलिक खानाहरु चिचिरी, गेन्द्रो, तोले, चुदुर, पायाको बिहा, गोरा, हाया लगायतका परिकारहरु कार्यक्रमको स्थलमा उपलब्ध हुने छ । सो अवसरमा धिमाल कलाकारहरुको उपस्थितिमा साँस्कृतिक तथा साङ्गीतिक कार्यक्रम मा प्रस्तुति दिनका गायिका मेचु धिमाल, गायकहरु डिकबहादुर धिमाल, सन्जिव धिमाल, सुरेश धिमाल, राजेश धिमाल, हास्य कलाकार बिक्रम धिमाल र डान्सर सरस्वति धिमाल लगायतले प्रस्तुति दिने छ  । साथै प्रदर्शनीमा गरगहना प्रदर्शनी, पुस्तक प्रदर्शनी, धिमाल सामाग्री प्रदर्शनी, तानबुन्ने प्रदर्शनी, धिमाल समुदायले उत्पादन गर्ने पेटानी लगायतका सामाग्री प्रदर्शनी, बाध्यवादन प्रदर्शनी रहनेछ । 

यसअघिको प्रदर्शनी दमकमा  पहिलो संस्करण र उर्लाबारीमा दोस्रो संस्करण सफलता पुर्वक सम्पन्न गरिसकेको आयोजक ले जनाएको छ।  यस नगरको प्रथम जाति धिमाल समुदायको एक मात्र गौरवशाली संस्था धिमाल जातिय विकास केन्द्र, केन्द्रीय समितिको आयोजनामा हुने कार्यक्रम भएकाले बेलबारीका राजनीतिक दल, सामाजिक संघ/संस्था, शैक्षिक संस्था, उद्योगी, व्यवसायी, पत्रकार लगायत सम्पुर्ण महानुभावहरुलाई पत्रकार सम्मेलन गरि सहयोगको अपेक्षा समेत आयोजकले राखेको छ।