बेलबारी जेसिसद्वारा दीप प्रज्वलन तथा झण्डोतोलन
बेलबारी, १६ माघ । अमर शहीदहरूको सम्झानामा बेलबारी जेसिसले दीप प्रज्वलन तथा झण्डोतोलन कार्यक्रम सम्पन्न गरेको छ । जेसिसले बेलबारी नगरपलिका वडा नं २ मा रहेको जेसिस स्तम्भमा दीप प्रज्वलन तथा झण्डोलोलन गरेर शहीदलाई सम्भिएको हो ।
बेलबारी नगरपालिका वडा नं २ का अध्यक्ष कृष्णबहादुर गुरुङ प्रमुख अतिथि रहेको कार्यक्रममा बेलबारी जेसिसका संस्थापक अध्यक्ष माधवराज थापा, पूर्व अध्यक्ष राजन प्रसाईँ, बेलबारी नगरपालिकाका वडासदस्यहरू माधवराज निरौला, मन्जु रिजाल र दीपेन्द्र लिम्बू लगायतको उपस्थिति रहेको थियो ।
बेलबारी जेसिस वर्ष २०२० मा बेलबारी नगरपालिका वडा नं –२, लालभित्तीमा जेसिस स्तम्भ निर्माण गरिएको थियो । शहीद दिवशको दिन पारेर बेलबारी जेसिसले स्तम्भको सरसफाइ तथा झण्डा फेर्ने काम गरेको बेलबारी जेसिसका अध्यक्ष ऐश्वर्यप्रसाद आचार्य विपिनले बताए ।
कार्यक्रम संयोजक विकास बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन भने महासचिव पुष्कल सुवेदी सियोमको रहेको थियो ।