आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको उपचारको क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ।
इलामका आचार्यले मंगलबार दिउँसो बानेश्वरस्थित संसद् भवन अगाडि आफैमाथि आगो लगाएका थिए । स्थानीय र प्रहरीले उनको उद्धार गरेको थियो । उनलाई कीर्तिपुर बर्न अस्पताल लगिएको थियो ।